जोन्टा क्लबद्वारा एभरेष्ट बैंकको सहकार्यमा नवलपरासीको विद्यालयमा शौचालय निर्माण
काठमाडौं– जोन्टा क्लब काठमाडौंले एभरेष्ट बैंक लिमिटेडको सहयोगमा तल्लो भ्यूरन मध्यबिन्दु नगरपालिका वडा नं. १५ स्थीत बालसिद्ध बेसिक स्कुलमा शौचालय निर्माण गरेको छ ।
एभरेष्ट बैंकका तर्फबाट नारायणघाट शाखाका डेप्यूटी म्यानेजर प्रभात उप्रेती र जोन्टा क्लब काठमाडौंकी प्रेसिडेन्ट सीमा गोल्छाले स्कुल भ्रमण गरेर स्कुल कमिटीका अध्यक्ष र प्रधानध्यापकलाई निर्माणित शौचालय हस्तान्तरण गरेका छन् ।
जोन्टा क्लबका तर्फबाट जोली राजभण्डारी, प्रतिक्षा राणा र बिपाशी तुलाधरको पनि उपस्थीति रहेको थियो । बालिकाहरुले स्कुल छोड्नुको प्रमुख कारण नै विद्यालयमा शौचालयको अभाव हो ।
यसले गर्दा उनीहरुको शिक्षामा बाधा पु¥याउँछ जसले गर्दा उनीहरुको सर्वांगिण विकासमा प्रभाव पर्छ र आर्थिक सशक्तिकरणमा असर पार्दै चरम गरिबी, बाल विवाह र हिंसाको चक्रमा पार्दछ ।
विद्यालयका शिक्षकहरु, बालबालिका र सहभागीहरुले एभरेष्ट बैंक र जोन्टा क्लबको यस सहयोगको प्रशंसा गरेका छन् । जोन्टा यस प्रयासमा एभरेष्ट बैंकसँग सहकार्य गर्न पाउँदा निकै खुसी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण