चोरीका ५६ थान मोबाइल र नगद सहित ३ जना पक्राउ
भक्तपुर । भक्तपुर महानगरीय प्रहरी वृत्त जगातीले चोरीका ५६ थान मोबाइल र नगद रु ६२ हजार ७४४ सहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं ६ खरिपाटी बस्ने २२ वर्षिय राम कुमार लामिछाने, सर्लाही जिल्ला मलंगवा नगरपालिका वडा नं ४ घर भई हाल काठमाडौं गैरीगाउँ बस्ने २३ वर्षीय रञ्जित कुमार पण्डित र भारत नयाँ दिल्ली घर भई कामनपा ५ बालकुमारीमा फ्याल्ट भाडामा लिइ बस्ने ३३वर्षीय सत्य प्रकाश रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका मोबाइल सेट ५६ थान, ब्याट्री १८ थान, भारु ४८४०, नेरु ६२७४४ र नक्कली बील प्याड बरामद गरेको वृत्तका प्रमुख डिएसपी चक्रराज जोशीले जानकारी दिए । 'नेपाल र भारतका बिभिन्न स्थानबाट मोवाइल चोरी गर्ने तथा सत्य प्रकाशले जम्मा गरी रञ्जिकुमारलाई बिक्री गर्ने र रञ्जित कुमार बाट उक्त सेटहरु लामिछानेले खरिद गरि बिक्रि बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ', डिएसपी जोशीले भने ।
उनीहरुले प्रयोग गर्दै आएको भ डी एल १ सि जेट ४५५३ नं भारतीय सवारी साधन समेत नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । मोबाइलको बजार मूल्य करिब १२ लाख रहेको र यस बारेमा थप अनुसन्धान भइरहेको डिएसपी जोशीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण