शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पुबुदु फेरि प्रशिक्षक नियुक्त

मङ्गलबार, १७ भदौ २०७६, १८ : ५७
मङ्गलबार, १७ भदौ २०७६

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायके एभरेस्ट प्रिमियर लिग (ईपीएल)को टोली भैरहवा ग्ल्याडियटर्सको प्रशिक्षकमा नियुक्त भएका छन् । ग्ल्याडियर्टसले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पुबुदुलाई प्रशिक्षकमा नियुक्त गरेको जनाइएको छ । चौथो संस्करणको इपीएल आगामी फेब्रुअरी २९ देखि मार्च १४ सम्म हुँदैछ । शरद भेषावकर कप्तान रहेको भैरहवा गतबर्ष उपविजेता बनेको थियो ।

पुबुदु सन २०११ देखि २०१५ सम्म नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक थिए । उनको प्रशिक्षकमा नेपालले डिभिजन तीन, चार र दुईको उपाधि पनि जितेको थियो । नेपालले उनको प्रशिक्षणमा सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप पनि खेलेको थियो । त्यो नै नेपाली क्रिकेटको सर्वाधिक ठूलो सफलता थियो । सन् २०१५ पछि अमेरिकाको प्रशिक्षक रहेका पुबुदु हालैमात्र अमेरिकाको प्रशिक्षक पद छाडेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप