पुबुदु फेरि प्रशिक्षक नियुक्त
काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायके एभरेस्ट प्रिमियर लिग (ईपीएल)को टोली भैरहवा ग्ल्याडियटर्सको प्रशिक्षकमा नियुक्त भएका छन् । ग्ल्याडियर्टसले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पुबुदुलाई प्रशिक्षकमा नियुक्त गरेको जनाइएको छ । चौथो संस्करणको इपीएल आगामी फेब्रुअरी २९ देखि मार्च १४ सम्म हुँदैछ । शरद भेषावकर कप्तान रहेको भैरहवा गतबर्ष उपविजेता बनेको थियो ।
पुबुदु सन २०११ देखि २०१५ सम्म नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक थिए । उनको प्रशिक्षकमा नेपालले डिभिजन तीन, चार र दुईको उपाधि पनि जितेको थियो । नेपालले उनको प्रशिक्षणमा सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप पनि खेलेको थियो । त्यो नै नेपाली क्रिकेटको सर्वाधिक ठूलो सफलता थियो । सन् २०१५ पछि अमेरिकाको प्रशिक्षक रहेका पुबुदु हालैमात्र अमेरिकाको प्रशिक्षक पद छाडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण