ललिता निवासका सबै मोही ‘नक्कली’

बालुवाटारको ललिता निवासस्थ्ति जग्गामा खडा गरिएका सबैजसो मोही ‘शंकास्पद’ भेटिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालसम्मको अनुसन्धानबाट २०७१ सालपछिका मोहीहरु नक्कली रहेको निष्कर्ष निकालेको हो । ललिता निवासबारे छानबिन गरेको पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले समेत यस्तै निष्कर्ष निकालेको थियो ।
तत्कालिन राजा महेन्द्रले जननिर्वाचित सरकार ढाल्ने अनि प्रजातान्त्रिक आन्दोलनमा लागेका नेताहरुको सम्पत्तीसमेत जफत गर्ने सुइँको पाएपछि सुवर्णशमशेरले बालुवटारको जग्गा पत्नीसहित आफ्ना सन्तानलाई दिएका थिए । सुवर्णशमशेरले २०१७ असार ३० गते ५७ रोपनीका दरले श्रीमती स्वेतप्रभासहित छोरा र बुहारी गरी पाँच जनालाई सम्पत्ती बकपत्र गरिएका हुन् ।
बाँकी रहेको १४ रोपनी ११ आना जग्गा मात्रै आफ्नो नाममा राखेका थिए । गृह मन्त्रालयका अनुसार सरकारबाट जफत भएको जग्गा १४ रोपनी ११ आना मात्रै देखिन्छ ।
यो समाचार कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक
-
नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : उपेन्द्र यादव
-
कोहलपुर–सुर्खेत प्रसारण लाइनअन्तर्गतको विवाद समाधान गर्न उर्जामन्त्रीको निर्देशन
-
यस्तो छ ‘माइतीघर’ मा ‘माग्ने बुढा’ को लुक्स
-
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
-
राप्रपा अध्यक्ष लिङ्देनलाई प्रश्न : तपाईं संविधान मान्नु हुन्छ ?