रवि लामिछानेको मुद्दामा उच्च अदालतको आयो यस्तो आदेश
बुधबार, १८ भदौ २०७६, १४ : ०७
काठमाडौं–शालिकराम पुडासैनी मृत्यु प्रकरणपछि कानुनी झमेलामा रहेका टेलिभिजनकर्मी रवि लामिछानेले उच्च अदालत हेटौडामा दर्ता गराएको पुनरावेदन निवेदनमा अदालतले कैफियत प्रतिवेदन माग गरेको छ ।
साउन २० मा पुडासैनीले आत्महत्या गरेपछि दुरुत्साहन मुद्दामा जिल्ला अदालत चितवनबाट ५ लाख धरौटीमा रिहा भएका लामिछाने र ३ लाख धरौटीमा रिहा भएका अर्का पत्रकार युवराज कँडेल मंगलबार उच्च पाटनमा पुनरावेदनका लागि पुगेका थिए ।
उनीहरुको निवेदनमा न्यायाधीश टेकराज नेपालको इजलाशले पहिलो सुनुवाई गर्दै जिल्ला अदालत चितवनमा रहेको सम्पूर्ण विवरण मगाउने आदेश गरेको हो। लामिछाने र कँडेलले जिल्ला अदालतको फैसला त्रुटीपूर्ण भएको जिकीर गर्दै उच्च अदालतमा निवेदन दिएका हुन् । साेही प्रकरणमा मुछिएकी अस्मिता कार्की भने साधारण तारेखमा रिहा भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री कार्कीले लिए शपथ
-
बालेनको सहरमा सीके राउतको पोस्टर (फोटोफिचर)
-
बिहेको १२ दिनमा बेहुली पुरुष भएको खुलासा भएपछि.....
-
अन्तर्राष्ट्रिय पदक विजेता बास्केटबल खेलाडी सम्मानित
-
पहिले भाडा तिर्ने पैसा थिएन, अहिले साउथका सुपरस्टार छन् यी अभिनेता
-
अस्ट्रेलियाबाट घर फर्केकाहरूको कथा समेटेर ‘फोटो प्रदर्शनी’