डुम र मुसहर समुदायका १ सयभन्दा बढी परिवारलाई सोलार वितरण
बुधबार, १८ भदौ २०७६, १४ : ५३
रौतहट– रौतहटको देवाही गोनाही नगरपालिका अन्तरगत डुम र मुसहर समुदायका एकसय १० परिवारलाई सोलार बत्ति वितरण गरीएको छ । मंगलवार एक विशेष कार्यक्रमको आयोजना गरी नगर प्रमुख धर्मेन्द्र पटेलले १ सय १० परिवारलाई सोलार बती वितरण गरेका हुन् ।
नेपाल सरकार उर्जा मन्त्रालयको वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको सहयोगमा उक्त सोलार वत्ति वितरण गरिएको प्रमुख पटेलले बताए । वितरण गरीएको २० वार्डको सोलार प्यानल बाट रातभरी चारवटा सिएफएल बल्ब बाल्न सकिने बताइएको छ ।
तराईका अति विपन्न दलित मानिने डुम र मुसहर समुदायको अधिकांश घरमा विद्युत लाईन नहुने हुँदा सोलार वत्ति वितरणले प्रत्यक्ष लाभ हुने नगरपालिकाकी उपमेयर परनिया देवी पटेलले जानकारी दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण