सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकद्वारा प्रेमसागर फाउण्डेसन नेपाललार्ई सहयोग

बुधबार, १८ भदौ २०७६, १६ : २४
बुधबार, १८ भदौ २०७६

काठमाडौं– मुक्तिनाथ विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रेमसागर फाउण्डेसन नेपालले धादिङ्गको थाक्रे गाउँपालिका–५, दामेचौरमा आयोजना गरेको जनभोज अभियानलाई आर्थिक सहयोग गरेको छ । 

यस फाउण्डेसनले हरेक दिन करिब ५०० स्कुले बालबालिका तथा वृद्धवृद्धाहरुलाई निःशुल्क भोजन खुवाउदै आएको र करिब १५०० स्कुले बालबालिकालाई ताजा खाजा स्कुलमा पु¥याउदै आएको छ । 

बैंकले जनभोजको लागि एक दिनको लागत खर्च रकम ५० हजार सहयोग गरेको छ । उक्त उक्त सहयोग रकम मुक्तिनाथ विकास बैंकका धार्के शाखाका प्रमुख राजीव आचार्यले प्रेमसागर फाउण्डेसन नेपालका व्यवस्थापक भोला राउतलाई हस्तान्तरण गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप