प्रदेश नम्बर ५ को सरकारी टोली चीनबाट फर्कियो
बुटवल । प्रदेश नम्बर ५ का मन्त्रीसहितको टोली चीनको ६ दिने भ्रमण सकेर बुधबार फर्किएको छ ।
प्रदेश सरकारको तर्फबाट पर्यटनमन्त्री लिला गिरी नेतृत्वको टोली चीन भ्रमण गएको थियो ।
स्वदेश फर्किएपछि गौतमबुद्ध विमानस्थलमा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले प्रदेश नम्बर ५ मा लगानी गर्न चिनियाँ टोली सरकारात्मक देखिएको बताए । त्यहाँको सरकार र निजी क्षेत्रसँग भेट्दा लुम्बिनी क्षेत्रको पर्यटन, उद्योग, कृषि र व्यापारमा लगानी गर्न चिनियाँ पक्ष तयार देखिएको उनको भनाई छ ।
मन्त्री गिरीले चिनियाँहरु लुम्बिनीमा भ्रमण गर्न अत्यन्तै इच्छुक भएको आफूले पाएको बताउँदै नेपालीलाई चीन र चिनियाँले नेपाल भ्रमण गर्नेगरी कार्यक्रम अगाडि बढाउनुपर्ने साझा धारणामा समेत छलफल भएको समेत बताए ।
चीनमा रहदा त्यहाँका अधिकारी समक्ष सिल्क रोड, वन बेल्ट वन रोडको अवधारणा, कृषि र पर्यटनको विषयमा पनि गम्भिर छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण