साराले आमासँगको पुरानो फोटो सेयर गरिन्, हेर्दा तर्सनुहुनेछ तपाईं
बलिउड नायिका सारा अली खानले फिल्म केदारनाथबाट बलिउडमा डेब्यू गरेकी थिइन् र र उनले यो फिल्मका लागि बेस्ट फिल्म डेब्यूको फिल्मफेयर अवार्ड पनि पाएकी थिइन् । अब सारा अली खान स्टार बनिसकेकी छिन् । यसका लागि साराले अत्यधिक मेहनत पनि गरेकी छिन् । फिल्ममा आउनु अघि उनी आफ्नो ट्रान्सफर्मेशनका लागि चर्चामा रहेकी थिइन् ।
साराले आफ्नो तौलमा पनि अत्यधिक मेहनत गरेकी छिन् । एक समय यस्तो थियो जब उनको तौल ९० किलो थियो । साराले बुधबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा आमा अमृता सिंहसँगको एउटा पुरानो फोटो सेयर गरेकी छिन् ।
तस्बिरमा साराले अत्यधिक तौल मज्जाले देख्न सकिन्छ । तस्बिर हेरेपछि मानिसहरुले उनलाई के खाएर तौल कम गरेको भन्दै सोधिरहेका छन् । मानिसहरु साराबाट उनको डाइट सिक्रेट जान्न चाहिरहेका छन् ।

Photo: Instagram/saraalikhan95
उनको उक्त फोटोमा नायिका श्रद्धा कपुरले पनि कमेन्ट गरेकी छिन् । उनले लेखेकी छिन्, ‘तिमीले कस्तो उत्कृष्ट यात्रा तय गर्यौ । सलाम छ ।’

Photo: Instagram/saraalikhan95
अहिले सारा निकै फिट देखिन्छिन् । उनी दैनिक जीममा वर्कआउट पनि गर्छिन् ।

Photo: Instagram/saraalikhan95
पिंकभिल्लासँगको कुराकानीमा साराले आफ्नो रुटिन बताएकी थिइन् । साराले भनेकी थिइन्, ‘पहिला म बिहान, दिउँसो, बेलुका सधैंभरी पिज्जा नै खाइरहन्थे । तर अब पिज्जा खानबाट बच्छु । बिहान तातो पानी खान्छु । अण्डा र चिकन पनि मनपर्छ । यसबाहेक मलाई चाइनिज डिशेज पनि निकै मनपर्छ ।’

Photo: Instagram/saraalikhan95
कामको कुरा गर्ने हो भने फिल्म कुली नम्बर वानको रिमेक र लभ आजकल टु मा देखिने भएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण