शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एडीबीका परियोजना सन्तोषजनक रहेको निष्कर्ष

बिहीबार, १९ भदौ २०७६, १४ : ४८
बिहीबार, १९ भदौ २०७६

काठमाडौं–एसियाली विकास बैंक (एडीबी)द्वारा संचालित पुनर्निर्माण र ऊर्जा उत्पादनसम्बन्धि परियोजनाको प्रगति सन्तोषजनक रहेको पाइएको छ ।

एडीबीले नेपालमा संचालन गरेका परियोजनाबारे समिक्षा गर्न बिहीबार काठमाडौंमा बसेको दाता, सरकार र कार्यान्वयनकर्ताहरुको त्रिपक्षीय समिक्षा बैठकमा एडीबीले लगानी गरेका सो दुई परियोजनाको प्रगति सन्तोषजनक रहेको निष्कर्ष निकालिएको हो । 

एडीबीले हाल नेपालमा ३१ वटा परियोजनामा काम गरिरहेको छ । ती मध्ये पुनर्निर्माण र उर्जा उत्पादनको क्षेत्रको काम भने लक्ष्य अनुसार अघि बढिरहेको एडीबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले बताए । 
उनले सो परियोजनाको कामलाई अघि बढाउन नेपाल सरकारले देखाएको तत्परताको पनि खुलेर प्रशंशा गरे । 

एडीबीले नेपाल सरकारको तत्परताकाकै कारण नेपाललाई अधिक ऋण उपलब्ध गराइएको पनि स्पष्ट पारेको छ । देशीय निर्देशक मुख्तोरले नेपालमा दिइएको ऋण ५९ करोड २० अमेरिकी डलर पुगेको पनि जानकारी दिए । 

उनले नेपालको विकासका लागि एडीबीले अझै सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । 

कार्यक्रममा बोल्दै अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले एडीबीले नेपालको विकास, निर्माणका काममा गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे । 

उनले एडीबीद्धारा नेपालका संचालित परियोजनाहरु समयमै सम्पन्न गर्न सम्वद्ध सबै पक्ष इमान्दार हुनुपर्ने र त्यसमा नेपाल सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्न सदा तयार रहने प्रतिवद्धता पनि व्यक्त गरे । 

एडीबीले हाल नेपालमा २ खरव भन्दा बढीको परियोजना संचालन गरिरहेको छ । त्यसमध्ये सबैभन्दा बढि लगानी सडक पूर्वाधार, उर्जा र खानेपानीमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप