बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

एकैपटक दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढ्यो

बिहीबार, १९ भदौ २०७६, १५ : ४०
बिहीबार, १९ भदौ २०७६

काठमाडौँ– सरकारले एकैपटक दूधको मूल्य ६ रुपैयाँ बढाएको छ ।

बिहीबार सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको दूग्ध विकास संस्थानका महाप्रवन्धक शैलेन्द्र घिमिरेले रातोपाटीलाई जानकारी दिए । 

महाप्रवन्धक घिमिरेका अनुसार महंगीका कारण किसानको लागत बढेसँगै उपभोक्ता मूल्य पनि वृद्धि गरिएको हो ।

संस्थानले कृषिमन्त्री चक्रपाणि खनालले बिहीबार दूधको मूल्य बढाउने फाइल स्वीकृत गरेको थिए । महाप्रवन्धक घिमिरेका अनुसार फाइल सदर भएपनि बोर्ड बैठक बस्न भने बाँकी नै रहेको छ । 

‘आजै कार्यालय समय सकिएपछि बोर्ड बैठक बस्छ र बढेको मूल्य सार्वजनिक गरिन्छ । त्यसमा समयसमेत तोकिन्छ’ महाप्रवन्धक घिमिरेले रातोपाटीलाई जानकारी दिए । 

दूग्ध विकास संस्थानका अध्यक्ष बसन्त गिरीले बढेको दूधको मूल्यमध्ये ६९ प्रतिशत किसानलाई र बाँकी ३१ प्रतिशत डेरीहरुले पाउने बताए । 

उनले बढेको मुल्य शनिबारबाटमात्रै लागू हुने जानकारी पनि दिए । यसअघि किसानहरुले लागत बढेको भन्दै मूल्य बढाउन दवाव दिँदै आएका थिए । किसानको दवावपछि कृषि मन्त्रालय र दुग्ध विकास संस्थानले कार्यदल गठन गरेको थियो । उक्त कार्यदलको प्रतिवेदनका आधारमा दूधको नयाँ मूल्य निर्धारण भएको हो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप