स्पेनको कठिन जित
सन् २०२० मा आयोजना हुने युरो कप छनोट फुटबलमा स्पेनले कठिन जित निकालेको छ । समूह ‘एफ’ अन्तर्गत बिहिबार राति भएको खेलमा स्पेनले रोमानियालाई २–१ गोलले हरायो । रोमानियाको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनलाई जितान सर्जियो रामोस र पाको अल्कासरले गोल गरे । रोमानियाका फ्लोरिन इन्डोनले सान्त्वना गोल फर्काएका थिए ।
रामोसले २९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए । ४७औं मिनेटमा अल्कासरले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । रोमानियाले ५९औं मिनेटमा गोल फर्काएको थियो । रोमानियाका फ्लोरिनले सान्त्वना गोल गरे । ७९औं मिनेटमा डिएगो लोरेन्टो रातो कार्ड पाउँदै बाहिरिएपछि स्पेन १० खेलाडीमा समेटिएको थियो । त्यसपछि दुवै टोलीबाट गोल नहुँदा स्पेन विजयी भयो ।
जितसँगै स्पेन समूहको शीर्ष स्थानमा छ । पाँच खेलमा शतप्रतिशत जित निकालेको स्पेनले १५ अंक बनाएको छ । समान खेलबाट सात अंक बनाएको रोमानिया चौथो स्थानमा छ । समूह ‘एफ’ कै अर्को खेलमा नर्वेले माल्टालाई २–० र स्वीडेनले फारोय आईसल्यान्डलाई ४–० गोलले हराएको छ ।
यसैगरी समूह ‘जे’ को खेलमा इटालीले अर्मेनियालाई ३–१, बोस्निया एन्ड हर्जगोभिनाले लिचेटेन्सटेनलाई ५–० र फिनल्यान्डले ग्रीसलाई १–० गोलले हरायो । समूह ‘ए’ को खेलमा डेनमार्कले गीवराल्टरलाई ६–० गोलले हरायो । आयरल्यान्ड र स्वीट्जरल्यान्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण