दसैँका लागि खसी, बोका, च्याङ्ग्रा ल्याउने प्रक्रिया शुरु, झण्डै ३ हजार ल्याइने
शुक्रबार, २० भदौ २०७६, १३ : ३२
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँको लागि चाहिने खसीबोका ल्याउन प्रक्रिया शुरु गरेको छ ।
कम्पनीले यस पटकको दसैँमा झण्डै ३ हजार खसी बोका ल्याउने गरी तयारी गरेको छ ।
२०७६ सालको बडादसैँका लागि जिउँदो खसी बोका तथा च्याङ्ग्रा काठमाडौँसम्म ढुवानी गर्न इच्छुकलाई बोलपत्र आव्हान पेश गर्न सूचना जारी गरेको छ ।
मूल्य अभिवृद्धि करमा दर्ता भएका र गत वर्षको कर चुक्ता गरेको कम्पनी तथा फर्मले मात्र गोप्य शिलबन्दी दरभाउपत्र पेश गर्न व्यापार कम्पनीले भनेको छ ।
म्याग्दीको बेनीबाट २ हजार च्याङ्ग्रा, हेटौडा र विरगंजबाट ५ सय वटा खसी बोका, दाङ घोराहीबाट ५ सय वटा खसीबोका काठमाडौसम्म ल्याउनुपर्ने भएकाले सोही अनुसार गर्न सक्ने कम्पनी वा फर्मले आव्हानपत्र पेश गर्नुपर्ने व्यापार कमपनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण