वर्षाले प्रभावित खेलमा नेपालद्वारा श्रीलंकासामु १ सय ५९ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ । अन्डर १९ एसिया कप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंका सामु १ सय ५९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले वर्षाले प्रभावित भएपछि ४२ ओभरमा छोट्याइएको खेलमा ९ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको हो ।
तर, डकवर्थ लेविसको नियमको आधारमा श्रीलंकाले १ सय ५९ रनको लक्ष्य पाएको हो ।
Rit Gautam's 54 along with skipper Rohit Paudel's 47 were instrumental in Nepal (U19) reaching 159/9 at the end of their 42 overs!
— AsianCricketCouncil (@ACCMedia1) September 6, 2019
The revised target for Sri Lanka (U19) is now 159
LIVE SCORES 👉 https://t.co/DzlDKfq7mH ➡ Match Centre#U19AsiaCup #SLvNEP pic.twitter.com/ByPg3WT2W7
नेपालका लागि ओपनर रित गौतमले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ८६ बलमा चार चौका हिर्काए ।

कप्तान रोहितकुमार पौडेलले ४७ रन बनाउँदै तेस्रो विकेटका लागि गौतमसँग ९१ रनको महत्वपूर्ण साझेदारी गरे ।
त्यस्तै, रसिद खानले १५ तथा हरिबहादुर चौहानले १२ रनको योगदान दिए ।
श्रीलंकाका लागि दिलसान मदुशंका र नाभोद दिनसुरीले ३–३ विकेट लिए ।

नेपालले पछिल्लो ६ विकेट मात्र २३ रनमा गुमाएको थियो ।
एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता बिहीबार देखि श्रीलंकामा सुरु भएको हो ।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा आयोजक श्रीलंका, बंगलादेश र युएई रहेका छन् ।
नेपालले समूह चरणको दोस्रो खेल भदौ २२ गते बंगलादेश र अर्को खेल युएईसँग भदौ २४ गते खेल्नेछ ।
राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् ।
नेपाल अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण