समुदाय–प्रहरी साझेदारी पालिका समिति चन्द्रागिरिको फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं । समुदाय–प्रहरी साझेदारी पालिका समिति चन्द्रागिरिको आयोजनामा फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
मानव बेचबिखन तथा ओसारपसा विरुद्धको १३ औं राष्ट्रिय दिवसको उपलक्षमा ‘स्वास्थ्य र सम्बन्ध सुधारका लागि खेलकूद’ भने मूल नाराका साथ फुटसल प्रतियोगिता अन्तर्गत चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ टुर्नामेन्ट च्याम्पियनको पहिलो उपाधी चुम्न सफल भएको हो ।
चन्द्रागिरि नगरपालिकालाई २–० ले हराउँदै चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ विजयी हुन सफल भएको छ । यो सँगै चन्द्रागिरि नगरपालिका दोस्रो स्थान हासिल गरेको छ ।
त्यसैगरि महानगरीय प्रहरी वृत्त थानकोटले तेस्रो स्थानको उपाधी चुम्न सफल भयो । वडा नम्बर १४ लाई २–० ले हराउँदै महानगरीय प्रहरी बृत्त थानकोटले तेस्रो स्थान हासिल गर्न सफल भएको हो ।
विजेतालाई चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरी र महानगरीय प्रहरी बृत्त थानकोट प्रहरी प्रमुख कुमार बिक्रम थापाले पुरस्कार तथा सिल मेडल प्रदान गरेका थिए ।
पुरस्कार वितरण कार्यक्रममा चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले स्वास्थ जीवन र सुरक्षित समाजका लागि सामुदायिक प्रहरी साझेदारी अन्तर्गत भएको फुटसल प्रतियोगिता फलदायी हुने बताए ।
कार्यक्रममा महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख कुमार विक्रम थापाले नगरपालिकाका युवा, कर्मचारी, जनप्रतिनिधि, सञ्चारकर्मीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन फुटसल प्रतियोगिताको आयोजना गरिएको बताए ।
उनले मानव बेचविखन विरूद्व जनचेतना जोगाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको जानकारी गराए ।
महानगरीय प्रहरी बृत्तका प्रहरी निरीक्षक गायत्री राज शर्माले समुदायलाई शान्ति सुरक्षामा चासो कायम गर्न र समुदायका हरेक गतिविधिमा प्रहरीको उपस्थिति कायम गर्न यस्तो गतिविधि सञ्चालन गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
-
आमिरले आमा र प्रेमिका गौरीको गराइदिए भेट
-
प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा शिवम् सिमेन्टको सहकार्य
-
पोखराको शान्ति स्तूप नजिक माइक्रोबस दुर्घटना, ४ जनाको अवस्था गम्भीर
-
दुई सचिव पद रिक्त, बढुवाको छैन सुरसार
-
अर्थमन्त्री संसद्मा हुनु र नहुनुले केही फरक पर्दैन : सांसद सिंह