नेयमारको गोलमा ब्राजिलको बराबरी
एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले कोलम्बियासँग बराबरी खेलेको छ । शनिबार बिहान भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले कोलम्बियासँग २–२ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता ब्राजिलले नै बनाएको थियो । १९औं मिनेटमा कासिमिरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए ।
ब्राजिलको अग्रता लामो समय टिकेन । २५औं मिनेटमा लुइस मुरिएलले पेनाल्टीमार्फत गोल गर्दै कोलम्बियालाई खेलमा फर्काए । ३५औं मिनेटमा मुरिएलले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अगाडी बढाए ।
पहिलो हाफमा पछि परेको ब्राजिललाई दोस्रो हाफमा नेयमारले उद्धार गरेका थिए । ५८औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई हारबाट जोगाए ।
कोपा अमेरिका अघि चोट बोक्दै लामो समय मैदान बाहिर रहेका नेयमार यही खेलबाट ब्राजिलियन टोलीमा फर्किएका हुन् ।
यसैगरी शनिबार नै भएको अर्को मैत्रीपूर्ण खेलमा उरुग्वेले कोस्टारिकालाई २–१ गोलले पराजित गरेको छ ।
उरुग्वेको जितमा जर्जियन डे एरेस्केइटाले ४२औं र जोनाथन रोड्र«ीग्वेजले ९०औं मिनेटमा गोल गरे । कोस्टारिकाका सेल्सो बोर्गेसले ४८औं मिनेटमा एक गोल गरेका थिए ।
अर्को मैत्रीपूर्ण खेलमा मेक्सिकोले अमेरिकालाई ३–० गोलले हराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण