पाकिस्तान हुँदै चिनियाँ विदेशमन्त्री नेपाल आउने
काठमाडौँ । चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यी आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । उनी पाकिस्तान हुँदै नेपाल आउन लागेका हुन् ।
वाङको औपचारिक भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ । सँगै समस्यारहित नेपाल–चीन सम्बन्ध नेपालको समृद्धिको यात्राको भरपर्दो साझेदार बन्ने अपेक्षा पनि गरिएको छ ।
दुई साताअघि भारतका विदेश मन्त्री एस जयशंकर दुई दिने नेपाल भ्रमण गरेलगत्तै चिनियाँ विदेशमन्त्री पनि नेपाल आउन लागेका हुन् । उनी नेपाल आउनुअघि पाकिस्तानको भ्रमण समेत सकेर नेपाल आउन लाग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । चिनियाँ दूतावास स्रोतका अनुसार वाङ आइतबार पाकिस्तान हुँदै नेपाल आउनेछन् ।
यता, पाकिस्तानका विदेश मन्त्री मखदुम साह महमुद कुरेसीले पनि नेपाल भ्रमणको इच्छा देखाएको भएपनि कुनै प्रगति भएको छैन।
यद्यपि पाकिस्तानी विदेश मन्त्री कुरेसीले नेपाल भ्रमणको ‘ग्रीन सिग्नल’ पाएका छैनन् । उनले कश्मीर मुद्दाका विषयमा कुरा गर्नका लागि नेपाल आउन इच्छा देखाएका हुन् । नेपाल भने उक्त मुद्दामा कुरा गर्न अनिच्छुक देखिएको छ । त्यसैले उनको भ्रमणको बारेमा नेपालले निर्णय नगरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
यही अवस्थामा पाकिस्तानसँग निकट भनिएको चीनका विदेशमन्त्री सो देशको भ्रमणसँग नेपाल आउनुलाई महत्वका साथ हेरिएको छ ।
भारतीय विदेश मन्त्री जयशंकरले नेपालमै रहेको बेला पाकिस्तानी विदेश मन्त्री कुरेसीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई फोन गरेर कश्मीरको मुद्दामा बोल्न आग्रह गरेका थिए ।
एस जयशंकरले नेपाल रहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग कश्मीर मुद्दाको बारेमा छलफल गरेका थिए । सो कुराको जानकारी पाकिस्तानले थाहा पाएपछि कुरेशीले पनि तत्कालै फोन गरेका थिए ।
तर नेपालले भने कश्मीरको विषय भारत र पाकिस्तानको आन्तरिक मामिला भएको बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण