शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

वर्ल्डलिंकको अफर : २६ हजारमा ३२ इन्चको टिभी र एक वर्ष निःशुल्क इन्टरनेट र नेटटिभी

आइतबार, २२ भदौ २०७६, १२ : ३०
आइतबार, २२ भदौ २०७६

काठमाडौं । बडा दशैँ र तिहारको उपलक्ष्यमा इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनस् लिमिटेडले नयाँ र आर्कषक अफर ल्याएको छ ।

यस अफर अन्र्तगत ग्राहकले १ वर्षसम्म २५ एमबीपिएस इन्टरनेटका साथ ३२ इन्चको सीजी एलईडी टीभी र एक वर्ष निःशुल्क नेट टीभी सेवा मात्र रु.२५,९९० मा पाउन सक्नुहुनेछ ।

यो अफर २५, ४० र ६० एमबीपीएस इन्टरनेटको १, ३ , ६ र १२ महिनाका प्लानमा उपलब्ध हुनेछ ।

यसको अतिरिक्त वर्ल्डलिंकले आफ्ना ग्राहकवर्गकमा कुनै पनि सामान्य टिभीलाई युट्युब फिचरमार्फत स्मार्ट टिभी बनाउने सुविधा पनि प्रदान गरिसकेको छ ।

यसका साथै सेवाग्राहीले सम्पूर्ण नयाँ तथा नियमित ग्राहकहरुले खल्ती एपमा उपयोग हुनेगरी रु.२५० नगद ब्यालेन्स प्राप्त गर्न सक्नेछन् । थप जानकारीको लागि नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न सकिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप