शिक्षा दिवसमा राष्ट्रपतिद्वारा विद्याभूषण प्रदान
काठमाडौं- यसवर्षको नेपाल विद्याभुषण 'क' पदकबाट २३१ जना सुशोभित भएका छन्। देश तथा विदेशका विश्वविद्यालयबाट विद्यावारिधी गर्नेहरुलाई उक्त पदकबाट सम्मानित गर्ने गरिन्छ। यस्तै ‘ख’ श्रेणीको नेपाल विद्याभूषण पदक १०१ जनाले प्राप्त गरे। यस्तै ‘ग’ श्रेणीको नेपाल विद्याभूषण पदकबाट ११, विभिन्न तहमा उत्कृष्ट छात्राले पाउने नेपाल छात्रा विद्याभूषण पदकबाट ३० छात्रा पुरस्कृत भएका छन्।
पदक प्राप्तगर्नेहरुलाई राष्ट्रपति विद्या भण्डारीले विशेष समारोहकाबीच शीतल निवासमा विभूषित गरिन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालका अनुसार यो वर्ष कूल ३७४ जनाले पदक प्राप्त गरेका छन्। चालिसौँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति भवन शीतल निवासमा पदक वितरण समारोहको आयोजना गरेको थियो।
नेपालमा विसं २०३१ देखि शिक्षा दिवस मनाउन थालिएको हो। यस वर्षको शिक्षा दिवसको आदर्श वाक्य ‘हामी सबैको प्रण : सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण’ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण