पोखरामा २५ जुवाडे समातिए

पोखरा – पोखरामा २५ जुवाडे समातिएका छन् । दुई ठाउँबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले जुवाडेसहित नगद २ लाख ७३ हजार ४३ रुपयाँ समेत जफत गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले जुवा–तास खेलिरहेको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।
पोखरा महानगरपालिका ३२ गगनगौंडास्थित जंगबहादुर पुन र वडा नम्बर ९ प्रगतीमार्गस्थित चन्द्रबहादुर गुरुङको घरबाट उनीहरुलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।
गगनगौंडाबाट घरधनी पुनसहित १९ जना समातिएका थिए भने प्रगतीमार्गबाट गुरुङ सहित ६ जना समातिएका थिए । गगनगौंडास्थित पुनको घरका जुवाडेबाट १ लाख ६ हजार ७ सय ४८ र प्रगतीमार्गस्थित गुरुङको घरका जुवाडेबाट १ लाख ६६ हजार २ सय ९५ जफत गरेको थियो । पक्राउ परेका जुवाडेलाई जुवा मुद्दामा म्याद थप गरि अनुसन्धानअघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरप्ीक्षक राजकुमार केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड
-
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरुको शिष्टाचार भेट
-
विपक्षीले ‘पब्लिक कन्जम्सन’का लागि सरकारले केही गर्न सकेन भनिरहेका छन् : प्रमुख सचेतक बर्तौला
-
जनमत पार्टीमा विदेशबाट आउने रकममा अनियमितता भएपछि....
-
यूएईलाई हराउँदै विश्वस्तरीय छनोटमा पुग्यो नेपाल
-
‘माओवादीले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान दिँदैन’