पोखरामा २५ जुवाडे समातिए
पोखरा – पोखरामा २५ जुवाडे समातिएका छन् । दुई ठाउँबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले जुवाडेसहित नगद २ लाख ७३ हजार ४३ रुपयाँ समेत जफत गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले जुवा–तास खेलिरहेको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।
पोखरा महानगरपालिका ३२ गगनगौंडास्थित जंगबहादुर पुन र वडा नम्बर ९ प्रगतीमार्गस्थित चन्द्रबहादुर गुरुङको घरबाट उनीहरुलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।
गगनगौंडाबाट घरधनी पुनसहित १९ जना समातिएका थिए भने प्रगतीमार्गबाट गुरुङ सहित ६ जना समातिएका थिए । गगनगौंडास्थित पुनको घरका जुवाडेबाट १ लाख ६ हजार ७ सय ४८ र प्रगतीमार्गस्थित गुरुङको घरका जुवाडेबाट १ लाख ६६ हजार २ सय ९५ जफत गरेको थियो । पक्राउ परेका जुवाडेलाई जुवा मुद्दामा म्याद थप गरि अनुसन्धानअघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरप्ीक्षक राजकुमार केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण