पूँजीवादविरुद्ध लड्न मजदूर एकता आवश्यक छ: बिजुक्छे
आइतबार, २२ भदौ २०७६, २२ : ४७
भक्तपुर- नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले समाजवाद स्थापनाका लागि पूँजीवादविरुद्ध लड्न मजदुरको एकता र सङ्गठन आवश्यक भएको बताएका छन् । नेपाल क्रान्तिकारी मजदूर सङ्घको पेशागत सङ्गठन नेपाल क्रान्तिकारी यातायात मजदूर सङ्घको पाँचौ जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उनले पुँजीवादी व्यवस्थाले कहिल्यै पनि मजदूर वर्गको हित नगर्ने बताए ।
मजदूरले आफ्नो पेशामा निपुणता हासिल गर्दै जनताको सेवा गर्ने भावनाले काम गर्नुपर्ने औंल्याउँदै अध्यक्ष बिजुक्छेले समाजवादी देशमा मजदूर पनि बुद्धिजीवी हुने बताए । पैसाकै लागि मात्र काम गर्ने प्रवृत्ति सही नभएको भन्दै उनले समाजवादी देशका मजदूरले देश निर्माणमा आफ्नो योगदान दिन अतिरिक्त श्रम गर्ने भावनाको विकास गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण