ऋतिक रोशनले कट्रिना कैफलाई बताए ‘मजदुर’: भने, ‘मात्र बाहिरी सुन्दरता...’
बलिउड नायक ऋतिक रोशन र नायिका कट्रिना कैफ थुप्रै फिल्ममा देखिइसकेका छन् । यी दुईको केमेस्ट्रि ठूलो पर्दामा दर्शकले निकै रुचाएका छन् पनि चाहे त्यो ‘ब्यांग ब्यांग’ होस् वा ‘जिन्दगी ना मिलेगी दोबारा ।’ तर हालै दिएको एक अन्तरवार्तामा उनले कट्रिनालाई ‘मजदुर’ बताएका छन् जसले धेरैलाई चकित बनाएको छ ।
हिन्दुस्तान टाइम्सलाई दिएको अन्तरवार्तामा कट्रिना कैफबारे उनले भने, ‘यो कुरा म कट्रिनालाई सधैं भन्न चाहन्थेँ । जसलाई उनी एक अपमानको रुपमा लिन्छिन् तर यसको अर्थ यो हो कि म राम्रो उद्देश्यसहित उनको प्रशंसा गर्छु ।’
ऋतिक रोशनले भने, ‘म कट्रिनालाई एक ‘मजदुर ठान्छु । अहिलेसम्म मैले जोसँग काम गरे, उनी सबैभन्दा उत्कृष्ट हुन् ।’
कट्रिना कैफको तारिफ गर्दै ऋतिक रोशन थप्छन्, ‘म तपाईंलाई भनिरहेको छु कि उनीभित्र ‘मजदुर’ छ । उनी हेर्दा मात्र सुन्दर र हट देखिन्छिन् । यो बाहिरी सुन्दरता मात्रै हो तर उनीभित्र एक मजदुर छन् । उनी निकै प्रतिभाशाली छिन् । ’
कामको कुरा गर्नु पर्दा हालै ऋतिक रोशनको फिल्म ‘सुपर ३०’ रिलिज भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण