गाई र कुकुरहरुको हत्यामा संलग्न दोषीमाथि कारवाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौँ । सुर्खेत र खोटाङमा विभत्स रुपमा भएको गाई र कुकुरहरुको हत्याको छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै पशु कल्याण संघ नेपालले आइतबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ ।
‘नेपालगञ्ज उपमहानगरपालिकाबाट दैलेख लैजाने भनी पठाइएका गाईहरुलाई सुर्खेतको कटकुवा जंगलको भिरबाट खसालेर मारिएको र वेवारिसे अवस्थामा जङ्गलमा छाडिएको तथा खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कुकुरहरुलाई सामुहिक रुपमा वर्वरतापूर्वक मारिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘एउटा सामान्य मानवीय धर्म र पशु कल्याणका आधारभूत मान्यताहरुलाई समेत बेवास्ता गर्दै एउटा जिम्मेवार सरकारी निकायले यतिसम्मको गैह्रजिम्मेवार निर्णय गर्नुले पशु कल्याणप्रतिको राज्यको दृष्टिकोण र नीतिमाथी प्रश्न चिन्ह खडा गरेको छ ।’
दुवै घटनाहरुमा सम्बन्धित स्थानीय निकायका प्रमुख तथा प्रतिनिधिहरु पनि अनुसन्धानको दायरामा आउनुपर्नेमा हालसम्म उनीहरुमाथि कुनै अनुसन्धान नहुनु तथा यससम्बन्धमा जाहेरी दर्ता गर्न आनाकानी गरिनुले दोषीउपर कारबाही हुने कुरामा शंका रहेको कुरा पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठले बताइन् ।
‘शक्तिको आडमा दोषीहरु उम्किने अवस्था देखियो, त्यसैले गृहमन्त्रीको ध्यानाकर्षण गराउनका लागी ज्ञापनपत्र बुझाएका हौँ,’ अध्यक्ष श्रेष्ठले बताइन् ।
कानुन बमोजिम घटनाका दोषीलाई कारबाही नगरिए भने पशु अधिकारकर्मीहरु चुप लागेर नबस्ने चेतावनी समेत उनले दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण