सामूहिक बलात्कार अभियोगमा ९ जना पक्राउ
परासी– एक १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा पश्चिम नवलपरासीमा प्रहरीले ९ जना अभियुक्तलाई पक्राउ गरेको छ । सुस्ता गाउँपालिका–३ बाट उनीहरुलाई पक्राउ गरिएको हो ।
सोही स्थानमा आइतबार बिहान घरबाट कामको सिलसिलामा बाहिर जाँदै गरेकी एक युवतीलाई स्थानीय दश युवाले डरत्रास देखाइ उखुबारीमा लगेर सामूहिक रुपमा जबर्जस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक प्रकाश श्रीमलले जानकारी दिए ।
प्रहरी निरीक्षक श्रीमलको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । घटनामा संलग्न अभियुक्त भागेर विभिन्न स्थानमा लुकिछिपी बसेका थिए । फरार एक जनाको पनि खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सुस्ता–३ फेनहरा बस्ने वर्ष ४५ को सुरेन्द्र यादव, सोही ठाउँ बस्ने वर्ष २५ का मनमोहन राजभर, वर्ष २२ का शिवराज राजभर, वर्ष ३७ का भीमलाल मुसहर, वर्ष २२ का सन्दिप यादव, वर्ष २२ कै राजु मुसहर, वर्ष ४० का नेत्र चौधरी, वर्ष १९ का पिल्टु चौधरी र वर्ष १९ का अमरनाथ भेडिहार रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
पक्राउ परेका सबैविरुद्ध जबरर्जस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
-
कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण