आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

चीनबाट केही समयमै नेपालमा उच्चस्तरीय भ्रमण हुने, भ्रमणको तयारी गरिँदै

सोमबार, २३ भदौ २०७६, २२ : ०७
सोमबार, २३ भदौ २०७६

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन् ।  भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धका साथै आपसी हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो । 

उनीहरूले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको भेटपछि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले सञ्चारकर्मीलाई बताए ।  प्रधानमन्त्री ओलीले आफूले गरेको चीनको राजकीय भ्रमणकोे स्मरण गर्दै त्यसबेला भएका सहमति कार्यान्वयन गर्दै आपसी सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफू क्रियाशील रहेको मन्त्री वाङलाई बताएका थिए । “हामी विगतका सहमतिअनुसार अघि बढ्न चाहन्छौंँ र तपाईंको यो भ्रमणले  त्यसतर्फ अघि बढ्न प्रेरित गर्ने विश्वास छ”, प्रधानमन्त्रीलाई उद्धृत गर्दै सल्लाहकार डा भट्टराईले भने । 

चिनियाँ विदेशमन्त्री वाङले शैक्षिक, सामाजिक, पूर्वाधार विकासलगायत द्विपक्षीय सम्बन्धका विभिन्न आयाम र   सहयोगका सबै क्षेत्रलाई दुवै मुलुकले विस्तार गर्न चाहेको बताउँदै नेपालसँगको सम्बन्धलाई आफ्नो देशले उच्च महत्व दिएको प्रधानमन्त्री ओलीलाई बताएका थिए । 

प्रधानमन्त्रीले एक चीन नीतिप्रति नेपाल सधैँ अडिग रहेको र नेपालको भूभाग छिमेकीविरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता दोहो¥याएका थिए । विदेशमन्त्री वाङले उपयुक्त समयमा चीनबाट उच्चस्तरीय भ्रमण हुने र त्यसका लागि आवश्यक तयारी भइरहेको बताउनुभएको सल्लाहकार डा भट्टराईले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप