बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नागरिकता कसुरको सजाय कठोर, महिला र पुरुष सांसदबीच चर्काचर्की

मङ्गलबार, २४ भदौ २०७६, ०६ : ३७
मङ्गलबार, २४ भदौ २०७६

सन्तानको नागरिकता प्राप्तिका लागि महिलाले बाबु भन्दै गरेको स्वघोषणा गलत ठहर भए ती महिलासँगै पहिचान खुल्न आएको बाबुसमेत सजायको भागीदार हुने कानुन बन्न लागेको छ । 

नागरिकता विधेयकमा बाबुको पहिचान हुन नसकेको व्यक्तिका हकमा निजको आमाले सोही व्यहोराको स्वघोषणा गरेको आधारमा वंशजको नागरिकता पाउने व्यवस्था गरिएको छ । 

आमाले गरेको स्वघोषणा झुटा ठहरे ६ महिनादेखि डेढ वर्षसम्म कैद र २५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने सजायको व्यवस्था विधेयकमा गरिएको छ ।
यही विषयलाई लिएर राज्य व्यवस्था समितिमा महिला र पुरुष सांसदबीच चर्काचर्की भएको छ ।  यो समाचार कान्तिपुर दैनिकमा राजेश मिश्रले लेखेका छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप