पेट्रोलियम पाइपलाइनको उद्घाटनको यस्तो छ तयारी (फोटोफिचर)
लामो समयदेखि चर्चामा रहेको नेपाल भारत पेट्रोलियम पाइपलाइनको आज मंगलबार औपचारिक उद्घाटनसँगै पाइपमार्फत नेपालमा पहिलोपटक पेट्रोलियम पदार्थ आउने भएको छ ।
यसअघि ट्याङ्करबाट पेट्रोलियम पदार्थ आयात हुँदै आएकोमा अबदेखि डिजेल र पेट्रोल पाइपबाटै आउने छ । पाइप लाइनको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा मंगलबार मध्यान्ह सिंहदरबार र हैदरावादबाट एकैसाथ रिमोट थिचेर उद्घाटन गर्ने तयारी भएको छ ।
भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म निर्माण भएको पेट्रोलियम पाइपलाइनको दुरी ६९.५ किलोमिटर लम्बाइ रहेको छ । पाइपलाइनको नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली र भारतबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिउँसो १२ बजे स्विच थिचेर उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

पेट्रोलियम पाइपलाइनको उद्घाटनका लागि भारतीय आयल कर्पोरेसनका कार्यकारी निर्देशक अविजित चौधरीसहित नेपाल आयाल निगमको टोली अमलेखगञ्जमा तयारी अवस्थामा बसेको छ । चार बर्ष अघि २०७२ सालमा नोपल भारतबीच भएको सम्झौताअनुसार भारतले झण्डै ७० किलोमिटर लामो पाइपलाइन बिच्छाएको हो ।

जसमध्ये नेपालतर्फ ३६ किलोमिटर र भारततर्फ ३४ किलोमिटर रहेको छ । यो पाइपलाईन विच्छाउन भारतले २ अर्ब भारु र नेपालले ७५ करोड रुपैयाँ खर्च गर्ने सम्झौता भएको थियो । तर हालसम्म भारतले मात्रै २ अर्ब २५ करोड भारु खर्च गरेको छ ।

यसरी आउँछ पाइपबाट पेट्रोलियम
नेपालमा डिजलको माग धेरै भएकोले यो पाइपलाइनबाट सुरुमा डिजलमात्रै आउनेछ । पाइपलाइनबाट प्रतिघण्टा २ सय किलोलिटर अर्थात २ लाख लिटर र २४ घण्टामा ४८ लाख लिटल डिजल आउने नेपाल आयल निगमका डिपो प्रमुख प्रमुख प्रदिप यादवले जानकारी दिए ।

पाइपमार्फत आएको तेल भण्डारण गर्न ४१ लाख लिटर क्षमताका २ वटा ३९ लाख लिटर क्षमताका २ वटा गरी १ करोड ६० लाख लिटर अट्ने ट्यांकी निर्माण भैसकेका छन् ।

पाइपलाइनमार्फत आउने तेल कन्ट्रोल र नापजाँचका लागि अत्याधुनिक कम्युटर कन्ट्रोल रुम पनि बनिसकेको छ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ नेपाल भित्रिएपछि ढुवानीमा बार्षिक ७० देखि ८० करोड रुपैयाँ बचत हुने नेपाल आलय निगमले जनाएको छ । कम्प्युटरकै माध्यमले पाइपलाईन बन्द र खुला गर्न अमलेखगञ्जमा कन्ट्रोल रुम राखिएको छ र आज उद्घाटन भएसँगै पेट्रोलियम पदार्थ अमलेखगञ्जमा झर्न सुरु गर्नेछ ।











भिडियो हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण