पत्नी वियोगको पीडा सहन नसकेर युवकले गरे आत्महत्या
-रामहरि श्रेष्ठ
ओखलढुंगा–ओखलढुंगामा पत्नी वियोगको पीडा सहन नसकेर एक युवकले आत्महत्या गरेका छन् । जिल्लाको चिशंखुगढी गाउँपालिका ६ भदौरेका २२ वर्षीय नविन परियारले आईतबार आत्महत्या गरेका हुन् । गत जेठ महिनाको अन्तिम साता बैबाहिक बन्धनमा बाँधिएकी खोटाङ रावाबेसी गाउँपालिका २ की २१ वर्षीय गंगा परियारले गत भदौ ४ गते माइतीमै झुन्डिएर आत्महत्या गरेकी थिइन् ।
एसइइको मौका परीक्षा दिन माइत गएको समयमा उनले झुन्डिएर आत्महत्या गरेको पारिवारिक श्रोतलाई उदृत गर्दै भदौरे ६ का वडा अध्यक्ष कृष्णबहादुर केप्छाकी मगरले बताए । वैवाहिक बन्धनमा बाँधिएपछि गंगा घरमा बस्दै आएकी थिइन् भने नविन कामको सिलसिलामा काठमाडौंमा बस्ने गरेका थिए । तर श्रीमती परीक्षा दिन माइत जाने भएपछि घर आएका नविन परीक्षा सकेको २ दिन पनि नबित्दै श्रीमतीले आत्महत्या गरेपछि बिछिप्त बनेका थिए । गंगाले आत्महत्या गर्नुको कारण नखुलेपनि नविनले भने पत्नी वियोगका कारण आत्महत्या गरेको पुष्टि भएको छ ।
घर नजिकै रहेको रुखमा सलको पासो लगाएर आत्महत्या गरेका नविनले आत्महत्या गर्नुअघि श्रीमतीको नाममा लेखेको चिठ्ठी समेत फेला परेको छ । चिठ्ठीमा उनले लेखेका छन्, ‘प्यारी श्रीमती ! तिमी म भन्दा अगाडी गयौ, म पनि तिम्रो पछिपछि आउँदैछु , यो कदम मैले कसैको करकापले लिएर हैन’ भनि लेखेका छन् । दुई छोरा रहेको परिवारमा कान्छा छोरा–बुहारीले आत्महत्या गरेपछि सो परिवार बिछिप्त छ । आत्महत्यापछि नविनको शवलाई पोष्टमार्टम गर दाहासंस्कार गरिएको परिवारिक श्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण