पत्नी वियोगको पीडा सहन नसकेर युवकले गरे आत्महत्या
-रामहरि श्रेष्ठ
ओखलढुंगा–ओखलढुंगामा पत्नी वियोगको पीडा सहन नसकेर एक युवकले आत्महत्या गरेका छन् । जिल्लाको चिशंखुगढी गाउँपालिका ६ भदौरेका २२ वर्षीय नविन परियारले आईतबार आत्महत्या गरेका हुन् । गत जेठ महिनाको अन्तिम साता बैबाहिक बन्धनमा बाँधिएकी खोटाङ रावाबेसी गाउँपालिका २ की २१ वर्षीय गंगा परियारले गत भदौ ४ गते माइतीमै झुन्डिएर आत्महत्या गरेकी थिइन् ।
एसइइको मौका परीक्षा दिन माइत गएको समयमा उनले झुन्डिएर आत्महत्या गरेको पारिवारिक श्रोतलाई उदृत गर्दै भदौरे ६ का वडा अध्यक्ष कृष्णबहादुर केप्छाकी मगरले बताए । वैवाहिक बन्धनमा बाँधिएपछि गंगा घरमा बस्दै आएकी थिइन् भने नविन कामको सिलसिलामा काठमाडौंमा बस्ने गरेका थिए । तर श्रीमती परीक्षा दिन माइत जाने भएपछि घर आएका नविन परीक्षा सकेको २ दिन पनि नबित्दै श्रीमतीले आत्महत्या गरेपछि बिछिप्त बनेका थिए । गंगाले आत्महत्या गर्नुको कारण नखुलेपनि नविनले भने पत्नी वियोगका कारण आत्महत्या गरेको पुष्टि भएको छ ।
घर नजिकै रहेको रुखमा सलको पासो लगाएर आत्महत्या गरेका नविनले आत्महत्या गर्नुअघि श्रीमतीको नाममा लेखेको चिठ्ठी समेत फेला परेको छ । चिठ्ठीमा उनले लेखेका छन्, ‘प्यारी श्रीमती ! तिमी म भन्दा अगाडी गयौ, म पनि तिम्रो पछिपछि आउँदैछु , यो कदम मैले कसैको करकापले लिएर हैन’ भनि लेखेका छन् । दुई छोरा रहेको परिवारमा कान्छा छोरा–बुहारीले आत्महत्या गरेपछि सो परिवार बिछिप्त छ । आत्महत्यापछि नविनको शवलाई पोष्टमार्टम गर दाहासंस्कार गरिएको परिवारिक श्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिम र कालिकोटमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १५ जना घाइते
-
राष्ट्रपतिलाई ओलीको प्रश्न : त्यस्तो मान्छे सल्लाहकार राख्न मिल्छ ?
-
रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला
-
कोशी प्रदेशसभाको अधिवेशन आह्वान
-
छानबिन समिति बनाए कांग्रेसले रवि लामिछानेको राजीनामा माग्छ : केपी ओली
-
श्रीमतीको अश्लील भिडियो फेसबुकमा हाल्ने श्रीमान् पक्राउ