पेट्रोलियम पाइपलाइनको उद्घाटनपछि ट्वीटरमा मोदीको खुसी !
काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटनपछि खुसी व्यक्त गरेका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं र भारतीय प्रधानमन्त्री मोदीले नयाँ दिल्लीबाट एकै पटक स्वीच थिचेर भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्ज सम्मको ७० किलोमिटर लामो क्रसबोर्डर पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका थिए ।
भारतीय प्रधामन्त्री मोदीले ट्वीट गर्दै मोतीहारी–अमलेखगंज पाइप लाइन दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पाइपलाइन भएको भन्दै रिकर्ड समयमा पूरा भए भन्दै आयोजनाबाट सन्तुष्टि मिलेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘तपाईहरु खुशी हुनुहुनेछ कि यो परियोजना निर्धाति समयभन्दा धेरै अघि नै सम्पन्न भयो ।प्रगतिको फल मित्र राष्ट्रहरुसँग बाँड्दै !’ निर्माण सम्पन्न अवधिभन्दा आधा समय अगाडि नै आयोजना सकिएको भन्दै उनले यसको श्रेय ओलीको नेतृत्वलाई दिएका छन् ।
भारतले सहयोग गरेको क्षेत्रमा प्रगति भइरहेको भन्दै मोदीले अझै नेपालसँगको साझेदारीलाई कायम राख्ने प्रयत्न गर्ने बताए । मोदीले अन्तिम ट्वीटर लेखेका छन्, ‘मोतिहारी–अमलेखगञ्ज पाइपलाइनले नेपालका जनतालाई सुलभ मूल्यमा अझैं सफा पेट्रोलियम पदार्थ दिनेछ । म हर्षित छु कि नेपाल र भारतबीचको सहकार्यले हाम्रा जनताको परस्पर लाभका लागि नयाँ उचाइ प्राप्त गर्दैछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण