अन्जन चम्किएपछि ताइपेईमाथि नेपालको सानदार जित
काठमाडौं – नेपाली टोलीका प्रभावशाली मिडफिल्डर अन्जन बिष्ट चम्किएपछि सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनोट खेलमा नेपालले चाइनिज ताइपेईमाथि सानदार जित निकालेको छ । मंगलबार भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई उसैको घरेलु मैदानमा २–० गोलले हरायो ।
नेपालको जितमा अन्जन बिष्ट नायक बने । अन्जनले खेलको तेस्रो र ६२ औं मिनेटमा गोल गरेका थिए । अन्जनले पहिलो गोल करिबव २५ यार्ड टाढाबाट फ्रिककमा गरेका थिए । ताइपेईका खेलाडीले रवि पासवानलाई लडाएपछि पाएको फ्रिककमा अन्जनले गल्ती गरेनन् । अन्जनले दोस्रो गोल सुजल श्रेष्ठको पासमा गरेका थिए ।
एसियाली देशको दोस्रो चरणको छनोट अन्तर्गत यस जितसँगै नेपालले अघिल्लो खेलमा कुवेतसँगको नमिठो हारलाई केही हदसम्म बिर्साइदिएको छ । जितसँगै समूह ‘बी’ मा रहेको नेपालले दुई खेलबाट तीन अंक बनाएको छ ।
समूह चरणको पहिलो खेलमा नेपाल कुवेतसँग उसैको मैदानमा ७–० गोलले पराजित भएको थियो । ताइपेईको भने यो लगातार दोस्रो हार हो । अघिल्लो खेलमा ताइपेई जोर्डनसँग हारेको थियो ।
विश्वकप छनेटमा नेपाल समूह ‘बी’ मा छ । समूहमा नेपालसँगै कुवेत, अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेई रहेका छन् । होम एन्ड अवेका आधारमा खेलाइने दोस्रो चरणको छनोट खेल सन् २०२० को जुन ९ सम्म चल्नेछ । नेपालले अब चाइनिज ताइपेईसँग अर्को खेल सन् २०२० मार्च २६ मा घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण