नेपालको आधुनिक राजनीतिक इतिहासमा यदि कुनै राजनीतिक विचारधाराले सबैभन्दा लामो समयसम्म जनताको आशा, परिवर्तनको आकाङ्क्षा र सामाजिक न्यायको अभियानलाई बोकेको छ भने त्यो कम्युनिस्ट आन्दोलन हो। वि.सं. २००६ मा पुष्पलालको...