नेपालमा सङ्घीयताको मुख्य माग नै अधिकार र स्रोत–साधनको विकेन्द्रीकरणसँग जोडिएको छ । काठमाडौँको अधिकार गाउँगाउँमा लैजाने अभियान स्वरुप सङ्घीयतालाई व्याख्या गरियो । पहिलो स्थानीय तहको निर्वाचनताका खुब सुनिएको एउटा नारा...