सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो
सारांश
- नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्य अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेर २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ।
- यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ४४५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा ३५ रुपैयाँले बढी हो।
- महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य निर्धारण गर्दै आएको छ।
काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुन र चाँदीको नयाँ मूल्य सार्वजनिक गरेको छ।
महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेर २ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन १० ग्राम सुनको मूल्य २ लाख ४६ हजार १४० रुपैयाँ थियो।
चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ४ हजार ४४५ रुपैयाँ कायम भएको छ। आइतबार प्रतितोला ४ हजार ४१० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ३५ रुपैयाँले वृद्धि भएको हो।
त्यसैगरी, १० ग्राम चाँदीको मूल्य ३ हजार ८१० रुपैयाँ ५० पैसा कायम भएको छ। अघिल्लो दिन १० ग्राम चाँदी ३ हजार ७८० रुपैयाँ ५० पैसामा कारोबार भएको थियो।
महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य निर्धारण गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोलनको ‘द ओडिसी’ सामाजिक सञ्जालमा लिक, २० लाखभन्दा बढीले हेरे
-
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
-
पोखरामा अमेरिकी नागरिकको मृत्यु
-
‘रोल नं. १’ र ‘भागदौड’को आम्दानी कति ?
-
प्रचण्डको निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाउने प्रयास असफल
-
ठुला प्रविधि कम्पनीविरुद्ध उर्लंदो जनलहर : डाटा सेन्टर रोक्ने विश्वव्यापी अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण