सार्क पुनर्जीवनका लागि माल्दिभ्सको पहल
माले । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजुले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनः सक्रिय बनाउन सदस्य राष्ट्रहरूलाई संवादमार्फत मतभेद अन्त्य गरी सहकार्यको नयाँ चरण सुरु गर्न आह्वान गरेका छन् । उनले क्षेत्रीय शान्ति, स्थायित्व र सहकार्यका लागि आवश्यक परे माल्दिभ्स मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न पनि तयार रहेको बताएका छन् ।
माल्दिभ्सको ६१औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति मुइजुले सार्कभित्र देखिएको लामो समयदेखिको गतिरोध अन्त्य गर्न वार्ता नै एकमात्र प्रभावकारी माध्यम भएको उल्लेख गरे । उनले सदस्य राष्ट्रहरूलाई क्षेत्रीय हितलाई प्राथमिकतामा राख्दै पुनः वार्ताको टेबलमा फर्किन आग्रह गरे ।
समारोहमा ४३ देश तथा अन्तर्राष्ट्रिय संस्थाका ११३ कूटनीतिज्ञ सहभागी थिए । राष्ट्रपति मुइजुले आफ्नो सम्बोधनमा माल्दिभ्सको विदेश नीतिबारे जानकारी दिँदै अन्तर्राष्ट्रिय समुदायलाई पनि सबै प्रकारका विवाद शान्तिपूर्ण संवादबाट समाधान गर्न आग्रह गरे ।
यसैबिच, बङ्गलादेशले पनि यसै महिनाको सुरुमा सार्कलाई पुनर्जीवित गर्नुपर्ने आवश्यकता औँल्याएको थियो । बङ्गलादेशकी विदेश मामिला राज्यमन्त्री शमा ओबेदले सङ्गठनलाई प्रभावकारी बनाउन कार्यान्वयन क्षमता, वित्तीय स्रोत, विशेष संयन्त्र र नियमित अनुगमन प्रणाली सुदृढ गर्नुपर्ने बताएकी थिइन् ।
उनले सदस्य राष्ट्रहरूसँग परामर्शपछि वरिष्ठ अधिकारीहरूको बैठक तथा सार्क मन्त्रिपरिषद्को विशेष अधिवेशन बोलाउने सम्भावनाबारे पनि छलफल भइरहेको जानकारी दिएका थिए ।
अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का सदस्य रहेको सार्क दक्षिण एसियामा आर्थिक सहयोग, क्षेत्रीय एकीकरण र विकास प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको क्षेत्रीय सङ्गठन हो । तर पछिल्ला वर्षहरूमा भारत–पाकिस्तानबीचको तनाव तथा सीमापार आतङ्कवादसँग सम्बन्धित विवादका कारण यसको गतिविधि प्रभावहीन बन्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सेवा दल विधेयकमा व्यापक हेरफेरका लागि संशोधन प्रस्ताव
-
सरकारबाट बिजनेस नपाएर कार्यतालिकाबिनै चलिरहेछ प्रतिनिधि सभा
-
त्रिविद्वारा परीक्षार्थीका लागि कडा नियम जारी, आचारसंहिता उल्लंघन गरे कानुनी कारबाही हुने
-
नागढुंगा टनेल उद्घाटन : देश सुरुङ युगमा प्रवेश
-
सानिमा बैंकको आकर्षक रिपोर्ट, नाफा र लाभांश क्षमता दुवैमा उच्च सुधार
-
फिल्म ‘गौँथली’ ले पहिलो सातामै कमायो साढे ७ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण