मेलम्चीको पानी चाख्दै सर्वसाधारणको गुनासो : ‘टुटी खोल्नेको नाम आयो, किसुनजीको आएन !'

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीबाट आएको पानी खसाल्ने ३ वटा धाराको उद्घाटन गरेकी छिन् । काठमाडौंमा मेलम्चीको पानी आएपछि सर्वसाधारणले पूर्वप्रधानमन्त्री एवं सन्त नेता किसुनजीको स्मरण गरेका छन् ।
राष्ट्रपतिले उदघाटन गरेका धाराबाट सर्वसाधारणका लागि पानी पिउन २४ सै घण्टा पानी आउने जनाइएको छ । धारामा राखिएको शिलालेखमा ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको समुद्घाटन सुसम्पन्न भयो’ भन्ने व्यहोरा उल्लेख छ ।
शुक्रबार विशेष समारोहका साथ राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, सचिवहरु, मेयरहरु सहभागी विषेश समारोहका साथ मेलम्ची खानेपानी वितरणको विशेष समारोहको आयोजना गरिएको थियो ।
राष्ट्रपतिले मेलम्चीको पानी वितरण सुरु गरेको धारामा उद्घाटनपछि पानी चाख्न र फोटो खिच्न सर्वसाधारणको घुँइचो लागेको थियो । धारामा पानी पिउँदै सर्वसाधारणले शिलालेखमा किसुनजीको नाम नअटाएकोमा भने गुनासो गरे ।
काठमाडौंको रातोपुलका लीलाप्रसाद पाठकले मेलम्चीको पानी पिउँदै शिलालेखमा स्व.प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाम नभएकोमा दुःख लागेको सुनाए । उनले शिलालेखमा भट्टराईको सपना र यो मितिमा आयोजना सुरु भएर यो मितिमा सम्पन्न भएको थियो भन्ने कुरा राख्नुपर्ने बताए ।
उनले भने, ‘स्वर्गीय कृष्णप्रसाद भट्टराईले देखेको सपना, उहाँले सुरु गर्नुभएको आयोजना आज यति बर्षपछि मेलम्चीको पानी आएको भनेर स्मरण हुने गरी मिलाएर शिलालेखमा राखिदिएको भए उहाँको आत्माले पनि शान्ति पाउने थियो होला भन्ने लाग्छ । उहाँलाई श्रद्धा गर्नेको भावनामा पनि खुसी लाग्थ्यो होला ।’
पाठकले थपे, ‘यो उद्घाटन गरेकोमा हामी औंधी खुसी छौँ, उहाँको नाम पनि समावेश गरेको भए सुनमा सुगन्ध हुने थियो ।’
बहुदल आएपछि काकाकुल बन्दै गरेको काठमाडौंंलाई पानीको विकल्प दिन स्व. भट्टराईले त्यतिबेला मेलम्चीको पानी ल्याउँने बताउँदा आफूले पनि विश्वास नगरेको उल्लेख गरे । ‘किसुनजी त्यति दुरदर्शी हुनुहुँदो रहेछ, उहाँले मेलम्चीको पानी ल्याएर काठमाडौंको सडक धोइनेछ भन्दा कसैले पनि पत्याएका थिएनन् । मैले पनि पत्याएको थिइनँ’, पाठक भन्छन्, ‘आज त्यो सपना साकार भएको छ । आज पानी पिउन पाउन पाउँदा खुसी लागेको छ ।’
मेलम्चीको धारा उद्घाटनस्थलमा आइपुगेका बाजुराका नेत्रविक्रम शाहीले मेलम्चीको पानी आउनुमा राजा वीरेन्द्र र पूर्वप्रधानमन्त्री किसुनजीको पनि भूमिका रहेको तर्क गर्दै उनीहरुलाई पनि स्मरण गर्नुपर्ने बताए । उनले भने, ‘उहाँहरुले सपना देखेर अघि बढाएको यो काम काठमाडौंबासीका लागि अमूल्य रहेको छ । त्यो बेला राष्ट्रप्रमुख राजा थिए भने किसुनजी प्रधानमन्त्री थिए । त्यो सरकारले गरेको कल्पना र सपनालाई हामी भूल्न सक्ने छैनौँ । सबैको सपना साकार भएको छ, काठमाडौंबासी अब काकाकुल हुने छैनन् ।’
राष्ट्रपतिले उद्घाटन गरेको धारामा पानी चाख्न भनेर आइपुगेका महोत्तरीका राजाराम दाहालले पनि स्व.भट्टराईलाई यो सफलतासँग जोड्नुपर्ने बताए । उनले भने, ‘यो सफलतामा किसुनजीको भुमिकालाई कम आँकलन भएको छ । शिलालेखमा टुटी खोल्नेको नाम आयो, सपना देख्नेको नाम आएन । शिलालेखको सुरुमै किसुनजीको सपना पूरा भएको कुरा लेख्दा के बिग्रिन्थ्यो ? राष्ट्रपतिले उद्घाटन गरेकोमा विरोध हैन, तर साँचो कुरा त किसुनजीको सपना हो नि ।’
शुक्रबार विशेष समारोहका साथ राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, सचिवहरु, मेयरहरु सहभागी विषेश समारोहका साथ मेलम्ची खानेपानी वितरणको विशेष समारोहको आयोजना गरिएको थियो । राष्ट्रपति भण्डारीले भृकुटीमण्डपमा मेलम्चीको धारा उद्घाटन गरेपछि पानी चाख्न र फोटो खिच्न सर्वसाधारणको भिड लागेको छ । यस्तै नेपाली काँग्रेसले नयाँ बानेश्वरको आकाशेपुलमा ब्यानर राखेर स्व. भट्टराईको सपना पूरा भएको भन्दै काठमाडौंबासीलाई शुभकामना दिएको छ ।
मेलम्ची खानेपानी विकास समितिले यतिबेला मेलम्ची खोलाबाट दैनिक ८ करोड लिटर पानी काठमाडाैं ल्याइरहेको छ । बिस्तारै पानीको मात्रा बढाउँदै दैनिक १७ करोड लिटरसम्म पानी ल्याएर बितरण गर्ने योजना बनाइएको छ ।
काठमाडौंका विभिन्न क्षेत्रहरुमा तालिका बनाएर पानी वितरण थालिएसँगै मेलम्चीको पानी पिउने काठमाडौंबासीको बर्षौ पुरानो सपना पूरा भएको छ ।
हेर्नुहोस भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका तारे होटलकै छैन नक्सापास, कानुन विपरीत व्यापार
-
प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा
-
आठौँ 'म्याङ्गो राइड' सुरु, कुलमानले गरे झन्डा हल्लाएर बिदाइ (तस्बिरहरू)
-
सङ्घीय अनुदानमा निर्भरता घटाउन कर्णालीले आन्तरिक आयमा ध्यान दिनुपर्छ
-
विराटनगरका मेयर कोइराला इजरायलबाट स्वदेश फर्किए
-
प्रदेश सधैँ अनुदानमा आश्रित हुनु हुँदैन