दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प

समाचार सारांश
- बागलुङको दव्ल्याङमा पहिरो जाँदा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। अविरल वर्षाले सडक बगाएको हो।
- पहिरोका कारण बागलुङ बजारबाट दक्षिण क्षेत्रको सवारी आवागमन बन्द भएको छ। लामो दूरीका सवारी साधन पनि रोकिएका छन्।
- सडक मर्मतको काम भइरहेको छ, तर सडक सुचारु हुन समय लाग्ने बताइएको छ।
बागलुङ । बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण दव्ल्याङमा सडक बगाएको हो ।
चार वर्षदेखि हरेक वर्षायाममा निरन्तर चलिरहेको पहिरोका कारण सामान्य वर्षामा समेत उक्त सडक अवरुद्ध हुने गरेको छ । करिडोर अवरुद्ध हुँदा बागलुङको सदरमुकाम बागलुङ बजारबाट जिल्लाको दक्षिण क्षेत्रमा सवारी आवागमन ठप्प भएको प्रहरी सहायक निरीक्षक गङ्गाराम विकले बताए । करिडोर हुँदै लामो दूरीका लागि छुटेका सवारी समेत पहिरोको आसपासमा रोकिएका छन् ।
कालोपत्रको काम चलिरहेको बागलुङ–बलेवा विमानस्थल खण्डमा ठाउँठाउँमा पहिरोले करिडोर क्षतविच्छेद बनाएको छ । कालोपत्रको काम गरिरहेको बिडारी निर्माण सेवाले पहिरो पन्छाउने र पहिरोले बगाएका संरचना पुनर्निर्माणको काम गरिरहेको भए पनि सडक खुल्न केही समय लाग्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता
-
कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने
-
बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख
-
काठमाडौँबाट बाहिरिँदा १२ स्थानबाट बाढी–पहिरो र सडकको अवस्थाबारे जानकारी पाइने