आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा

शुक्रबार, ०६ असार २०८२, १० : ०१
शुक्रबार, ०६ असार २०८२

सारांश

  • शुक्रबार सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूको बैठक बस्ने भएको छ। बैठकमा संसद अवरोध हटाउने, बजेट र विधेयकबारे छलफल हुनेछ।
  • बुधबार र बिहीबार बस्न नसकेको बैठकमा भिजिट भिसा छानबिन, बजेटमाथि छलफल र विधेयक अघि बढाउने विषयमा छलफल हुनेछ।
  • माओवादीले संसद खोल्न सहमति जनाए पनि रास्वपा र राप्रपाको विरोधका कारण विधेयक अघि बढ्न सकेको छैन।

काठमाडौँ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक आज (शुक्रबार) बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

 प्रमुख ३ दलको बैठक बुधबार र बिहीबार बस्ने भनिए पनि नेताहरूको व्यस्तताका कारण बस्न सकेको थिएन । 

भिजिट भिसा प्रकरणमा छानविनको माग राख्दै संसदमा भइरहेको अवरोध खुलाउने, बजेटमाथिको छलफल र विधेयकहरू अघि बढाउने विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्न लागेको हो । 

नेकपा माओवादीले संसद् अवरोध खुलाउन सहमति गरेपनि चौथो दल रास्वपा र अर्को दल राप्रपा विरोधमा छन् । जसले गर्दा महत्त्वपूर्ण विधेयक अघि बढाउन र विरोध विनै बजेटमाथिको छलफल गर्न सम्भव भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप