ओलीलाई गगनको जवाफ : राष्ट्रपतिलाई तिमी भनेकोमा चित्त दुखेछ,बिचरा !

नेपाली काँग्रेसका नेता गगन थापाले गणतन्त्रमा सम्मान दर्जाले नभइ कामले आर्जन प्रधानमन्त्री ओलीलाई जवाफ दिएका छन् । बालुवाटारमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रमुख विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भनेको भन्दै आपत्ति जनाएका थिए ।
'सम्माननीय राष्ट्रपति'बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको भन्ने ओलीलाई थापाको प्रश्न छ ।
त्यसको जवाफमा थापाले शनिबार साँझ ट्वीट गर्दै आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको बताए ।
राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ,बिचरा!
— Gagan Thapa (@thapagk) May 22, 2021
गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड!!
"सम्माननीय राष्ट्रपति"बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको?
आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती सेवा विधेयकबारे मधेसी अधिकृत समाजद्वारा मन्त्री गुप्ताको ध्यानाकर्षण
-
अग्नि सापकोटालाई प्रश्न– दुई बुँदे सहमति माओवादीलाई ‘ब्याक फायर’ भएको हो ?
-
राज्यले अन्याय गरेपनि अदालतले न्याय दियो : रवीन्द्र मिश्र
-
विपन्न नागरिकका लागि बर्दघाटमा कपडा बैङ्क स्थापना
-
रवीन्द्र मिश्र रिहा, तस्बिरमा हेर्नुहोस्
-
डाक्टरको सरूवामा संघ र प्रदेशबिच शक्ति संघर्ष : संघको निर्देशन लत्याउँदै लुम्बिनी सरकार