बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय
तीनकुने घटना

तीन लाख धरौटी बुझाएर छुटे रवीन्द्र मिश्र

मङ्गलबार, ०३ असार २०८२, १८ : १७
मङ्गलबार, ०३ असार २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र धरौटी बुझाएर छुटेका छन् ।  मिश्रकी श्रीमती सारिका कार्कीले धरौटीबापतको तीन लाख रुपैयाँ जम्मा गरेकी हुन् । 

तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मङ्गलबार बिहान आफैँ अदालतमा उपस्थित भएका थिए । मिश्र उपस्थित भएपछि आजै उनको बयान र थुनछेक बहस गरिएको हो । 

न्यायाधीश तारादेवी महर्जनको इजलासमा वरिष्ठ अधिवक्ताहरु गोविन्द बन्दी, भिमार्जुन आचार्य, राजु बस्नेत र सतिशकृष्ण खरेलले मिश्रको तर्फबाट बहस गरेका हुन् ।  

सरकारी वकिलका तर्फबाट ८ जनाले बहस गरेका थिए । बहसपछि अदालतबाट तीन लाख धरौटीमा छाड्न आदेश भएको हो ।

मिश्रविरुद्ध गत चैत १५ गते घटेको तीनकुने घटनाको प्रतिवादीका रुपमा राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको थियो । 

सोही मुद्दामा सोमबार राप्रपाका महामन्त्री धवलशमशेर राणालाई पनि अदालतले ३ लाख धरौटीमा रिहा गरेको थियो ।

494833125_2103441236801808_1170058681323316877_n494834415_1931539997583224_1155553125242026211_n507201515_1750718939657897_7274859158650543692_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप