रोनाल्डोको कीर्तिमानीः एक्लैले गरे चार गोल
सुपर स्टार क्रिस्टियानो रोनाल्डो एक्लैले चार गोल गरेपछि पोर्चुगलले युरो कप छनोट खेलमा लिथुआनियालाई ५–१ गोलले हरायो । यससँगै ३४ बर्षीय रोनाल्डो युरो कप छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
मंगलबार राति भएको खेलमा रोनाल्डोले लिथुआनियामाथि ह्याट्रिकसहित चार गोल गर्दै युरो छनोट खेलमा २५ गोलको कीर्तिमान पूरा गरे । उनले यसअघि आयरल्यान्डका रोबी किनको नाममा रहेको किर्तिमान तोडेका हुन् । रोबीले २३ गोल गरेका थिए । आफ्नो कीर्तिमान भंग भएपछि रोबीले सामाजिक सन्जाल इन्सटाग्राममा रोनाल्डोलाई बधाई दिएका छन् । उनले हरेक खालको कीर्तिमान रहेको पनि बताएका छन् ।
लिथुआनियाविरुद्ध रोनाल्डोले सातौं मिनेटमा पेनाल्टी गोलमार्फत खाता खोलेका थिए । त्यसपछि रोनाल्डोले ६२औं र ६५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ७६औं मिनेटमा रोनाल्डोले व्यक्तिगत चौथो गोल गरेका थिए । रोनाल्डो पोर्चुगलका सर्वाधिक गोलकर्ता पनि बनेका छन् । उनले एक सय ६० खेल खेल्दै ९३ गोल गरेका छन् ।
अर्को गोल विलियम कार्भाल्होले खेलको अन्तिममा गरेका थिए । लिथुआनियाका लागि भिटउटास एन्ड्रसिकेभिसियसले २८औं मिनेटमा गरेका थिए । जितसँगै समूह ‘बी’ मा रहेको पोर्चुगलले चार खेलबाट आठ अंक बनाएको छ । पोर्चुगल समूहको दोस्रो स्थानमा छ ।
शीर्ष स्थानमा रहेको युक्रेनको पाँच खेलबाट १३ अंक पुगेको छ । एक अंक बनाएको लिथुआनिया अन्तिमममा छ । यही समूहको अर्को खेलमा सर्वियाले लक्जम्बर्गलाई ३–१ गोलले हराएको छ । जितसँगै सात अंक बनाएको सर्विया तेस्रो स्थानमा छ । चार अंक बनाएको जक्जम्बर्ग चौथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण