फेसनः धेरै नै दुब्ली हुनुहुन्छ ? यस्तो ड्रेस लगाउनुस्
धेरै तौल भएका महिलालाई मात्र होइन एकदमै कम तौल भएका युवतीहरुलाई पनि कपडा लगाउँने विषयमा चिन्ता हुन्छ ।
प्रायजसो धेरै दुब्ली युवतीहरुको शरीरमा कपडा नमिल्दा असुहाउँदो देखिन्छ । स्टाइलिस लुकमा देखिने चाहाना हुँदा हुँदै पनि शरीरमा कपडा नमिल्दा रहर अधुरै रहेको कतिपय युवतीहरुको गुनासो सुन्ने गरिन्छ ।
यदि यसमध्ये तपाईं पनि पर्नुहुन्छ र तौलको कारण आउटफिट छान्न गाह्रो परिरहेको छ भने भारतीय टेलिभिजनकी ‘मोर्डन प्रेरणा’ अर्थात एरिका फर्नान्डिजको स्टाइलिस लुकबाट केही टिप्स लिन सक्नुहुन्छ ।
दुब्ली, पातली युवतीहरुले सारी पनि सहजै लगाउन सक्छन् । तर जरुरी छैन कि सधैँ सारी सीधा र साधारण नै लगाउनुपर्छ । सारीमा फ्रिल्स हालेर लगाउँदा धेरै पातली युवतीका लागि सुहाउँदो देखिन्छ ।


आजभोलि भारतमा मात्र होइन नेपालमा पनि इन्डो–वेस्टर्न सारी फेशनको रुपमा आउन थालेको छ । यसमा पातली युवतीहरु आफूले चाहेको जस्तो देखिन सक्छन् । भने यो सारी कुनै पनि कार्यक्रममा लगाउन सकिन्छ ।


यसैगरी, अफिसमा काम गर्ने युवती छन् भने उनीहरुका लागि इन्डो–वेस्टर्न ब्लेजर उपयुक्त हुन्छ । तलको तस्बिरमा एरिकाले लगाएको पहिरनमा उनी निकै कुल देखिएकी छिन् ।

प्रायः पेन्सिल स्कर्ट कालो रङमा मात्रै देखिन्छ तर पातली युवतीका लागि मल्टिकलर्ड पेन्सिल स्कर्ट राम्रो देखिन्छ ।

यसैगरी, डार्क बटममा शर्ट र स्किनी टप लगाउँदा तपाईंलाई थोरै मोटी देखाउँछ ।

त्यस्तै, मिडि ड्रेसहरु पनि फरक–फरक स्टाइलको छान्नुपर्छ । कालो रङको ड्रेसमा वार्डरोप हुनु आवश्यक छ ।

एरिकाले लगाएको यस्तो मिडिमा तपाई बाहिर ज्याकेटले टीमअप गर्न सक्नुहुन्छ ।

पफ स्लीब्स भएको टपमा कालो रङको पेन्ट लगाउँन पनि सकिन्छ ।

कुर्ता लगाउँदा प्लाजोसँग लगाउँदा पातली युवतीहरुलाई राम्रो देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण