रोल्पामा पहिरोले घर पुर्दा २ को मृत्यु, ४ जना वेपत्ता
शुक्रबार, २७ भदौ २०७६, ११ : ५९
रोल्पा– रोल्पाको थबाङमा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ भने चार जना वेपत्ता भएका छन् । वेपत्ता भएकाहरुमध्ये २ जनाको शव शुक्रबार बिहान फेला परेको हो ।
प्रहरीका अनुसार २८ वर्षीय शीरकुमारी बुढा र उनका ४ वर्षे छोरा असलको शव फेला परेको हो ।
पुरिएर बेपत्ता हुनेमा ३६ वर्षीय जय बुढा, उनकी पत्नी ४० वर्षीय मुलज्योती बुढा, १० वर्षकी छोरी गृष्मा र डेढ वर्षीय छोरी रहेका छन् ।
थबाङ गाउँपालिका वडा नम्बर २ छेर्लबाङमा दुई परिवारका ६ जना बस्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी चित्रबहादुर गुरुङले बिहीबार राति घरमाथिबाट खसेको पहिरोले घर पुर्दा पुरिएका २ जनाको शव निकालिएको र पुरिएका अन्यको खोजी कार्य जारी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण