राष्ट्रपति वसन्तपुर आउनुअघि कालो टिसर्ट बरामद, पूर्वडीआईजी पक्राउ
शुक्रबार, २७ भदौ २०७६, १५ : ४०
काठमाडौँ– इन्द्रजात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर जानुअघि सो क्षेत्रमा प्रदर्शन गर्न लागेको भन्दै पूर्वडीआईजी सहितलाई प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको नाममा प्रदर्शन गर्न लागेको थाहा पाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरको हो ।
पक्राउ परेकाहरुबाट प्रहरीले २ सय ४८ वटा कालो रङको टिसर्ट र ब्यानर बरामद गरेको छ ।
पक्राउ पर्नेमा प्रहरीका पूर्व डीआईजी विजयराज भट्ट, पूर्वमेजर केशव बस्नेतलगायत छन् । पक्राउ परेकाहरुलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले उच्छ्रृंखल गतिविधिमा संलग्न ५० जना भन्दा बढी पक्राउ गरिएको पुष्टि गरे ।
हाल वसन्तपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण