काठमाडौंको ठमेलस्थित डान्सबारमा आगलागी
काठमाडौं-काठमाडौँ महानगरपालिका–२६ सात ठमेल घुम्तीस्थित रञ्जन न्यौपानेको डान्सबारमा विद्युत् चुहिएर आज आगलागी भएको छ । आगलागीबाट डान्सबारको झण्डै रु दुई लाख ३५ हजार बराबरको धनमाल जलेर नष्ट भएको नेपाल प्रहरीका सहप्रवक्ता उमेशराज जोशीले जानकारी दिए । विद्युत् चुहिएर आगलागी भएको प्रहरीले जनाएको छ ।
यसैबीच काठमाडौँबाट अपहरणमा परेका व्यक्तिलाई सकुशल उद्धार गरी अपहरणमा संलग्न चार जनालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट पोखराकी एल्ली गुरुङलाई बिहीबार अपहरण गरी रु दुई लाख ५० हजार फिरौती रकम माग गर्ने चार जनालाई राति नै पक्राउ गर्न सफल भएको सहप्रवक्ता जोशीले बताए ।
पक्राउ पर्नेमा नुवाकोटका मिलन राई, काभ्रेका विनेश पहरी, सिन्धुपाल्चोकका दिनेश लामा र काठमाडौँका सुशील उप्रेती छन् । उनीहरुले गुरुङलाई अपहरण गरी हङ्गेरी फुडल्याण्ड एण्ड क्याफेमा पु¥याएर फिरौती मागेको थिए । उक्त सूचना आउने बित्तिकै महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले पक्राउ गरेको र घटनाको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण