अर्थव्यवस्था कमजोर भएपनि भारतको आर्थिक वृद्धि चीनभन्दा बढी हुनेछ : आइएफएफ
एजेन्सी – अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएफएफ)ले बिहिबार भारतको आर्थिक वृद्धिदरको संशोधित प्रक्षेपण सार्वजनिक गरेको छ । आइएमएफका अनुसार भारतीय आर्थिक वृद्धिदर पहिले अनुमानभन्दा कम हुनेछ । तर आर्थिक वृद्धिदर अनुमान गरिए कम भए पनि भारतीय आर्थिक वृद्धिदर चीनकोभन्दा निक्कै बढी हुने आइएमएफले बताएको छ ।
उसका अनुसार भारत अझै ठूला अर्थतन्त्रमध्य सबैभन्दा तीव्र विकास गर्ने देश बनिरहनेछ । आइएमएफका प्रवक्ता गैरी राइसले यसबारे प्रष्ट पार्दै भने ,‘करपोरेट एवम पर्यावरणीय नियामकको अनिश्चितता एवम् केही गैर–बैंङ्किङ वित्तिय कम्पनीको कमजोरीको कारण भारतमा वर्तमान आर्थिक वृद्धि आशा गरिएभन्दा निक्कै कमजोर छ ।’
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (अप्रिल–जून)मा भारतको आर्थिक वृद्धिदर पछिल्लो सात वर्षकै सबैभन्दा न्यून ५ प्रतिशत रह्यो । अघिल्लो वर्ष यही अवधिमा भारतको आर्थिक वृद्धि दर ८ प्रतिशत थियो ।
आइएमएफको रिपोर्टमा भारतको आर्थिक वृद्धिदर यो वर्ष ७.५ प्रतिशत हुने भनेर पहिले प्रक्षेपण गरिएकोमा अहिले यसमा ०.३ प्रतिशत कटौती गरिएको छ । अर्थात आइएमएफका अनुसार अब भारतको आर्थिक वृद्धि दर ७.२ प्रतिशत हुनेछ ।
आर्थिक वृद्धि दरको प्रक्षेपणमा कमी आउनुको कारण घरेलु मागको कमी रहेको आइएमएफको बताएको छ । भारत सरकारले केहीअघि तथ्याक जारी गरेको थियो जस अनुसार निर्माण तथा कृषि क्षेत्रमा गिरावट आएको कारण आर्थिक वृद्धिदर कमी आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण