कपिलवस्तुमा ट्याक्टर दुर्घटना : दुईको मृत्यु, ५ जना घाइते
आइतबार, २९ भदौ २०७६, १० : ५९
कपिलवस्तु । जिल्लाको वाणगंगा नगरपालिकाको कोपवामा गएराति भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
कपिलवस्तु जितपुरबाट कोपवातर्फ गएको लु३त ७२७२ नम्बरको ट्याक्टर कोपवा सडकखण्डमा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्याक्टर चालक वाणगंगा नगरपालिका–१ उप्टहवाका ३५ वर्षीय रामु थारु र १५ वर्षीय रन्जित बोटे माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरमा सवार अन्य ५ जना भने घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा वाणगंगा–१ का १७ वर्षीय जय ज्ञवाली र सोही ठाउँका १५ वर्षीय मनिस परिवार गम्भीर घाइते भएका छन् । उनीहरुको थप उपचारका लागि बुटवल ल्याएको छ ।
सामान्य घाइते ३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण