एकजना विदेशी साथीलाई नेपाल पठाउन मन्त्री भट्टराईको आह्वान
काठमाडौं– सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन गैर आवासीय नेपाली संघमा आवद्ध सबै नागरिकलाई एकजना विदेशी साथीलाई नेपाल पठाउन आह्वान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन गैरआवासीय नेपाली संघमा आवद्ध सबै नागरिकलाई एकजना विदेशी साथीलाई नेपाल पठाउन आह्वान गरेका हुन् ।
उनले सो भ्रमण वर्षलाई सफल बनाउन पर्यटन दूतहरुलाई नियुक्त गरेर अघि बढने कार्य योजना पनि सार्वजनिक गरे । आईतबार सो भ्रमण वर्षलाई सफल बनाउन सरोकारवाला निकायहरुसँगको छलफलमा मन्त्री भट्टराईले सन् २०२० को जनवरीको पहिलो हप्ता सातैवटै प्रदेशबाट एक साथ सो भ्रमण वर्षको शुभारम्भ गर्ने तयारी गरिएको पनि बताए । मन्त्री भट्टराईले सो भ्रमण वर्षलाई सफल बनाउन एक महिनाभित्र त्यसको वेबसाईट तयार गरी सञ्चालन गर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण