घुस लिएको अभियोगमा २ कर्मचारीविरुद्ध मुद्दा दायर
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय बुटवलका खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमलप्रसाद पाण्डेले जग्गा नामसारी र लालपूर्जा दिने कार्यमा घुस लिएको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
आयोगको बुटवल कार्यालयबाट गएको टोलीले उनीहरुलाई सेवाग्राहीसँग रु एक लाख २० हजार घुस लिएको अभियोग लगाएको छ । खरिदार पाण्डेको मिलेमतोमा जग्गा नामसारी गरिदिने प्रयोजनार्थ घुस लिएको पाइएको छ । आयोगले खरिदार जीवनाथ र लेखापढी व्यवसायी कमलप्रसादविरुद्ध बिगोबमोजिमको कारवाहीको माग गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यस्तै स्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत भरतप्रसाद उपाध्याय र अर्का कर्मचारी राधिकादेवी शर्माले रु छ लाख ५८ हजार ५२३ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको छ । कार्यादेश नभएको र असम्बन्धित व्यक्तिलाई उनीहरुले भ्रमण भक्ता दिएको अभियोग लागेको छ ।
त्यस्तै आयोगले जिल्ला प्रशासन कार्यालय बाराका लेखापाल जयसिंह राय थारुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । फेटा गाउँपालिकाको कार्यालय बारामा रहँदा उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरेबापत रु २५ हजार घुस मागेको अभियोग लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण