कपिल विवाहपछि यस्ता कुराबाट टाढा छन्, भारतीले गरिन् खुलासा
कपिल शर्माले सन् २०१८ को डिसेम्बरमा गिन्नी चतरथसँग विवाह गरेका थिए । विवाहपछि कपिलको जीवनमा भारी परिवार्तन आएको छ । कपिल शर्मा शोमा पनि थुप्रै पाहुनाले सो कुरा बताएका छन् । अब कपिलकी साथी भारती सिंहले पनि कपिल शर्माले विवाहपछि केही कुराबाट निकै टाढा रहेको खुलासा गरेकी छिन् ।
भारतीले एक अन्तरवार्तामा भनेकी छिन्, ‘कपिल शर्मा विवाहपछि रक्सी र पार्टीबाट निकै टाढा भएका छन् । कपिल शर्मा अब फ्यामिली म्यान भएका छन् र आफ्नो परिवारसँग समय बिताउन रुचाउँछन् ।’
‘कपिल शर्मा अब समयमा नै कामका लागि निस्कन्छन् । उनी सुटिङका लागि बिहान १० वा साढे १० सम्म घरबाट निस्किसक्छन् । यस्तै, रक्सीबाहेक कपिल शर्माले चुरोट पनि छोडिदिएका छन्,’ भारतीले भनेकी छिन् ।
गर्भावस्थामा गिन्नी राख्छिन् सबैको ख्यालः
भारतीले अन्तरवार्तामा गिन्नीमा गर्भावस्थामा पनि सबैको ध्यान राख्ने गरेको बताइन् । भारतीले भनिन्, ‘जब कपिल शर्मा शोको टिम उनको घर जान्छन् तब उनी घण्टौंसम्म उभिएर सबैको ख्याल राख्छिन् ।’
भारती भन्छिन्, ‘हाम्रो टिम जतिबेला कपिलको घरमा रिहर्सलका लागि जान्छ तब किचनको जिम्मेवारी गिन्नीले नै सम्हाल्छिन् । उनी किचनको काम व्यक्तिगत रुपमा हेर्छिन् । कपिलका घरमा तीनजना कुक छन् । गिन्नीले उनीहरुलाई पनि निर्देशन दिन्छिन् ।’
डिसेम्बरमा आमा बन्नेछिन् गिन्नीः
कपिल र गिन्नीको विवाह गत वर्ष डिसेम्बरमा भएको थियो । दुबै चाँड नै आमा–बुवा बन्दैछन् । रिपोर्टका अनुसार गिन्नीको डेलिभरीको ड्यू डेट डिसेम्बरमा नै छ । यसअघि दुई बेबीमुन मनाउनका लागि क्यानडा गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण