नेपाली संगीतका मुर्धन्य व्यक्तित्वको सम्मानार्थ लक्ष्मी बैंक र लक्ष्मी केयरको ‘दिग्गजमा समर्पित’ वार्षिक कार्यक्रम
काठमाडौं– लक्ष्मी बैंक र लक्ष्मी केयरले संयुक्त रुपमा नेपालका प्रतिष्ठित गायक दीप श्रेष्ठको सांगितीक यात्राको ५० वर्षको अवसरमा कोष स्थापनाको लागि सांगितीक कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा नेपाली गीत, संगीतसँग सम्बन्धित विभिन्न सर्जक, पारखी एवं संगीतकारहरुको उपस्थिति रहेको थियो ।
कोष स्थापनाको लागि आयोजना गरिएको यस कार्यक्रमबाट संकलन भएको रकम सम्पदा सूचीमा परेका दुईवटा स्थानहरुलागि विद्युतीय सवारी साधनको व्यवस्थामा प्रयोग गरिने छ ।
यी विद्युतीय गाडीको प्रयोग बृद्ध एवं शारीरिक रुपमा अशक्त व्यक्तिहरुका लागि निःशुल्क रुपमा प्रयोग गरिने छ । कार्यक्रम सोल्टी क्राउन प्लाजामा आयोजना गरिएको थियो । यस कार्यक्रमसँगै लक्ष्मी केयर्सले वार्षिक शृंखलाको रुपमा यस्तो कार्यक्रम संचाला गर्नेछ ।
लक्ष्मी क्येरस्
लक्ष्मी केयर गत १४ वर्षदेखि निरन्तर रुपमा लक्ष्मी बैंकका कर्मचारीहरुले सञ्चालन गर्दै आएको एक सामाजिक संस्था हो ।
यसले आफ्नो स्थापनावर्षदेखि ग्रिन इनिसिएटिभ, नारी शिक्षा तथा वित्तीय साक्षरता जस्ता क्षेत्रहरुमा सक्रीय रुपमा कार्य गर्दै आइरहेको छ ।
यस संस्था अन्तर्गत लक्ष्मी केयरले गढीमाई मन्दिर, चण्डेश्वरी मन्दिर, पाटन दरबार क्षेत्र, बागमती पुल, सिहंदरबार तथा विभिन्न स्थानहरुमा सौर्य बत्तिहरुको जडान समेत गरेको छ । पशुपतिनाथ मन्दिरमा इलेक्ट्रीक गाडीको व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण